“नेपालको संविधान” संविधानसभाबाट सजिलै निर्माण भएको होईन। यसको लामो र रक्तरञ्जित इतिहास छ। इतिहासका विभिन्न कालखण्डमा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि हजारौं सहिदहरूको बलिदान र इतिहासको बि भिन्न कालखण्डमा नेपाली जनताले गरेको पटक-पटकको संघर्षका कारण संविधान सभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको सपना सात दशकपछि साकार भएको हो। संविधान सभाबाट संविधान निर्माण गर्ने क्रममा नेपालमा दुईवटा संविधान सभाको निर्वाचन भै नेपालको संविधान निर्माण भएको विश्व इतिहासकै विरलै घटना हो।संविधान सभामा संविधान निर्माणको क्रममा के कस्ता वहशहरू भए? के के घटनाहरू घटे? पहिलो संविधान सभाका बिषयगत समितिहरूले व्याख्यात्मक टिप्पणी सहितको प्रतिवेदन पेश गरेकोमा संविधान सभाबाट संविधान त जारी भयो तर कैयौं महत्वपूर्ण बिषय व्याख्यात्मक टिप्पणीमा राख्ने निर्णय भएकोमा व्याख्यात्मक टिप्पणी नै जारी भएन।संविधान निर्माणको क्रममा संविधान सभामा भएका सम्पूर्ण घटनाक्रम संविधानसभाका सम्पूर्ण दस्तावेज र संविधानका प्रत्येक धारा/उपधारामा भएका वहश र निष्कर्ष अर्थात व्याख्यात्मक टिप्पणी लगायत महत्वपूर्ण ऐतिहासिक दस्तावेज बारे जानकारी दिने उद्देश्यले alllegalstudy.com ले यो अभियान थालेको हो। ऐतिहासिक महत्वका परिघटनाहरूको जानकारी भावी पुस्तालाई सुरक्षितरूपमा हस्तान्तरण गर्न “संस्थागत स्मृति” ( institutional memory) आवश्यक हुन्छ।तर विडम्वनाको कुरा हाम्रो देशमा संस्थागत स्मृति नै छैन भन्दा अतियुक्ति हुदैन।संविधान जारी भएको ९ बर्ष भयो।अहिेले संविधानबारे जानकारी लिन खोज्दा न संविधान सभाको website छ न संघीय संसदको पुस्तकालयमा संविधान निर्माण सम्वन्धी सबै document हरू सुरक्षित छन् ।यो कस्तो विडम्वना? संस्थागत स्मृतिको अभावमा जनताले ठूलो वलिदान र संघर्षबाट प्राप्त गरेका उपलव्धि एवं ऐतिहासिक महत्वका परिघटनाहरू समयक्रममा विस्मृतिको गर्भमा विलिन हुन जान्छन्।यसो नहोस् भन्ने उद्देश्यले यो अभियान थालिएको हो।यसमा सबैको साथ सहयोगको अपेक्षा गरिएको छ।